बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

प्रदेशका प्रमुख चयनका लागि सत्तारुढ नेकपा सचिवलाय बैठक बस्दै

49557

CPN_Secrfile picture

काठमाडौं– नेकपाको सचिवालय बैठक आज बस्दैछ । सातवटा प्रदेशका प्रमुखको चयनका लागि सत्तारुढ नेकपा सचिवलाय बैठक बस्न लागेको हो ।

आइतवार बसेको नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखहरुको नाममा सहमति जुट्न नसकेपछि बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक पछाडि सरेको थियो ।

आज बस्ने नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठक बस्ने र प्रदेश प्रमुखहरुको नियुक्तीको तयारी गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । तत्कालिन कांग्रेसको सरकार भएको बेलामा प्रदेश प्रमुखहरु नियुक्त भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*