राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ७ मा गर्ने आयोगको प्रस्ताव   •   राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत   •   सागमा गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी   •   हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउनुपर्ने कार्यदलको सुझाव   •   बैदेशिक रोजगारीको क्रममा थला परेका प्रभात वाम्बुलेलाई अनिस प्रतिष्ठानद्धारा १ लाख १००० आर्थिक सहयोग   •   'भ्वाइस अफ नेपाल सिजन-२' को उपाधि राम लिम्बुलाई

चिलिमेका सेयरधनीले २५ प्रतिशत लाभांश पाउने

49569

Chilime-logoकाठमाडौं । चिलिमे जलविद्युत कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश (१ अर्ब १८ करोड ९५ लाख ३३ हजार ९ सय ४५ रुपैयाँ ) वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा आर्जन गरेको मुनाफाबाट सम्पूर्ण सेयरधनी सदस्यलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनी सञ्चालक समितिकाे साेमबार बसेकाे बैठकले ५ प्रतिशत नगद लाभांस र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेकाे हाे । चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७ सय ८२ रुपैयाँ रहेको कम्पनीले ९५ करोड १६ लाख २७ हजार १ सय ५६ रुपैयाँ बराबरकाे बोनस सेयर र २३ करोड ७९ लाख ६ हजार ७ सय ८९ रुपैयाँ बराबरकाे नगद सेयरधनी सदस्यलाई वितरण गर्नेछ ।

कम्पनीकाे आगामी मंसिर ११ गते हुने २३औं वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सञ्चालक समितिले प्रस्ताव गरेकाे लाभांश सेयरधनीले पाउने छन् । कम्पनीले रसुवामा सञ्चालित २२ मेगावाटकाे चिलिमे जलविद्युत केन्द्रकाे विद्युत बिक्रीबाट भएकाे आम्दानीबाट सेयर सदस्यलाई लाभंश दिँदै आएकाे छ ।

चिलिमेको सफल निर्माण गरेको कम्पनीका सहायक कम्पनी अन्तर्गत २ सय ७० मेगावाटका ४ आयोजना निर्माणाधीन छन् । ५ सय ८५ मेगावाटका २ आयोजना अहिले अध्ययनको चरणमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*