राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ७ मा गर्ने आयोगको प्रस्ताव   •   राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत   •   सागमा गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी   •   हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउनुपर्ने कार्यदलको सुझाव   •   बैदेशिक रोजगारीको क्रममा थला परेका प्रभात वाम्बुलेलाई अनिस प्रतिष्ठानद्धारा १ लाख १००० आर्थिक सहयोग   •   'भ्वाइस अफ नेपाल सिजन-२' को उपाधि राम लिम्बुलाई

एडीवी र नर्वेजियन सरकारबीच वित्तीय सम्झौता

नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने

49572

IMG_5736_CDDEkGQD2zकाठमाडौं– अर्थमन्त्री डा. युवराव खतिवडा र नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री ड्याग इङ्ग उल्स्टायनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थमन्त्रालयमा भएको शिष्ट्राचार भेटमा नर्भेजियन बिकास मन्त्रीले नेपालले मिलिनियम डेभलपमेन्ट गोल्ड (एमडीजी) प्राप्त गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए ।

उनले नेपालको संघीयता कार्यान्वयनमा नर्वे सरकारले गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । एफ.डी.आई. परिचालन गर्नको लागि दोस्रो चरणको सुधार सम्बन्धमा चासो व्यक्त गरे ।

उनले कर प्रणालीलाई सवलीकरण गर्ने क्षेत्रमा सहयोग गर्न तत्परता देखाए । पी.एल.जी.एस.पी.संचालन गर्नको लागि वित्तीय सम्झौतामा हस्ताक्षर गर्दा निकै खुशी लागेको धारणा व्यक्त गरे ।

भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपाल संघीयताको अभ्यासमै रहेको भन्दै स्थानीय तहको क्षमता र विकासमा सहयोग गर्न आग्रह गरे । खतिवडाले संघ र प्रदेशलाई बलियो बनाउन संघीय सरकार लागेको स्पष्ट समेत पारे ।

एफ.डी.आई. परिचालनमा दोस्रोचरणको सुधार कार्ययोजना, व्यापार घाटा सन्तुलन गर्ने प्रयास, अर्को वर्षदेखि विद्युत आयातलाई शून्यतामा झार्ने प्रयास भईरहेको बताए । उनले संघीय प्रणालीलाई व्यवस्थापन गर्दै संघीयतामा विकास र कर प्रणालीलाई सन्तुलन गर्दै व्यवहारिक रुपमै नागरिकलाई सेवा दिने गरी समावेशी प्रजातन्त्रलाई प्रवद्र्धन गर्ने नीति लिएको स्पष्ट पारे ।

सोही क्रममा, एडीवी र नर्वेजियन सरकारबीच उर्जा क्षेत्रमा सहवित्तीयकरणको लागि एमओयूमा सम्झौता भयो । अब, एडीवी र नेपाल सरकारले एमओयूमा हस्ताक्षर गर्ने छ । प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रम अन्तर्गत संयुक्त वित्त सम्झौतामा एक सय मिलियन डलरमा हस्ताक्षर भएको थियो भने हाल नर्वे र नेपाल सरकारबीच द्विपक्षीय वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*