बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

दुधकोशी ५ जलविद्युत आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनको काम अन्तिम चरणमा

वातावरणीय मुल्यांकनको फाइल बन तथा वातावरण मन्त्रालयमा

49640
  • प्रकाश खालिङ/शिखरपोष्ट

dudhkoshi 5काठमाडौं, २१ कात्तिक २०७६ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा अवस्थित दुधकोशी ५ जलविद्युत आयोजनाको सम्भाव्यता तथा वातावरणीय मुल्यांकन अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । ११० मेगावट क्षमता भएको उक्त आयोजनाको प्रक्रिया २०७२ जेठ ५ गतेदेखि सुरु भएको थियो ।

आयोजनाका लागि प्राविधिक रुपमा सम्भाव्यता अध्ययनको सबै काम सकिसकेको र अहिले वातावरणीय मुल्यांकनको फाइल बन तथा वातावरण मन्त्रालय पुगेको आयोजनामा खटिनुभएका विद्युत विकास विभागका इन्जिनियर पदम देबकोटाले शिखरपोष्टलाई जानकारी दिनुभयो । उहाँकाअनुसार सम्बन्धित निकायले चाहेको खण्डमा सो फाइल वातावरण मन्त्रालयबाट चाडै अगाडि बढ्नेछ ।

प्रतिमेगावट १८ करोड रुपैयाँ अर्थात कुल २० अर्व लागत अनुमान गरिएको उक्त आयोजना निर्माण कार्य सुरु भएको ४ वर्षभित्र सक्ने सरकारको लक्ष्य छ । आयोजनाबाट उत्पादित विद्युत सोलुकरिडोर अन्तर्गत तिङ्लाको लम्माने सब्स्टेशनमै जोडेर राष्ट्रिय प्रसारणलाईनमा जोडिने छ । दुधकोशी ५ विद्युतगृहबाट लम्माने सब्स्टेशन करिब २० किलोमिटर दूरीमा पर्दछ ।

यो आयोजनालाई गाउँपालिकाले पनि विशेष प्राथमिकतामा राखेको छ । यसलाई गाउँपालिकाको सम्बृद्धिको महत्वपूर्ण आधारको रुपमा लिइएको गाउँपालिकाले जनाएको छ ।

  • आयोजनाको स्थलगत तथा प्राविधिक पक्ष यस्तो छः

उक्त आयोजनाको पावरहाउस (विद्युतगृह), डिसेन्डर, टर्नेल, सहज ट्याङ्कलगायत सबै भूमिगत हुनेछ । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, राप्छा पुछारमा (थानेखोलाभन्दा ५० मिटर तलतिर) बाँधस्थल रहने उक्त आयोजनाको पावरहाउस भूमेथानमा रहने छ । बाँधस्थलको चौडाई ४४ मिटर र उचाई १८ मिटर हुनेछ । १५० मिटर लामो र १९.६ मिटर उचाईको भूमिगत डिसेन्डर रहनेछ भने ६.१ मिटरको टर्नेल हुनेछ ।

आयोजनाका लागि वातावरणीय प्रभाव मुल्यांकन (इआईए)को काम सम्पन्न भएपछि लगानीका लागि सरकारले प्रतिस्पर्धाबाट लगानीकर्ताको छनोट गर्नेछ । शिखरपोष्टलाई प्राप्त जानकारीअनुसार पछिल्लो समय आयोजनामा लगानी गर्नका लागि लगानीकर्ताहरुको चासो बढिरहेको छ ।

दुधकोशी करिडोरमा थुप्रै आयोजनाहरुको लागि प्रक्रिया अघि बढाइएपनि दुधकोशी ५ को कामले तीब्रता पाइरहेको हो । दुधकोशीले करिब ११ सय मेगावटभन्दा बढि विद्युत उत्पादन गर्ने क्षमता राख्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*