बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

जर्जिया पठाई दिन्छु भनी ठगी गर्ने रामकृष्ण राई पक्राउ

49649

jj जर्जिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जर्जिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ पथरी नगरपालिका–१ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका ६ घर भएका एक जनालाई राईले जर्जियामा क्लिनरको जागिर लगाईदिने र उक्त कम्पनीले मासिक ९० हजार रुपैयाँ तलव, खान बस्न समेत दिने प्रलोभन देखाई ७ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
रकम लिएर सम्पर्क विहिन भएको भन्ने जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजतलास गर्दै जाने क्रममा मोरङ जिल्लाको उर्लावारीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा निज राईले राजन राईबाट ३ लाख ५० हजार र ईन्द्र लिम्बुबाट ५ लाख रुपैयाँ लिई ठगी गरेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*