बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

सर्वपक्षीय बैठकमा बाबुरामको सुझाबः सीमा विवाद कूटनीतिक तबरबाटै हल गरौँ

49674

acccभारतीय नयाँ नक्सामा नेपालको भूमि पारेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा सहभागीहरुले सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्न सुझाब दिएका छन्।

शनिबार बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा सहभागी पूर्वप्रधानमन्त्री, पूर्व पराराष्ट्र मन्त्री, परराष्ट्रविद, सीमाविदहरुले यस्तो सुझाब दिएका हुन्।

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्न सुझाब दिएको बताए। बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो। सरकारले कुटनीतिक तवरले नै सीमा विवादहरू हल गर्नुपर्छ।’ उनले यस विषयमा प्रधानमनत्रीकै तहबाट वार्ता गरी समस्याको हल खोज्नुपर्ने बताए।

अध्यक्ष भट्टराईले भारतले अतिक्रमण गरेका सबै सीमाको यथेष्ट प्रमाण जुटाएर एक चरणमा समाधन खोज्न समेत सरकारलाई सुझाब दिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*