बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

मन्त्री हेरफेर गर्न बालुवाटारमा नेकपा सचिवालय बैठक

49689

Nekapa-CPNनेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नौ बजे बस्ने भनिएकाे बैठक एक घण्टापछि सुरु भएकाे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले नेपालखबरलाई जानकारी दिए।

आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग छलफल गरेका थिए।

यही विषयमा छलफलका लागि ओलीले सोमबार बिहान पार्टीको सचिवालय बैठक बोलाएका हुन्।

स्रोतका अनुसार आजको बैठकमा भारतले कालापानीमा गरेको सीमा अतिक्रमण, पार्टी एकताको बाँकी काम लगायतका विषयमा पनि छलफल हुनेछ।

नेकपामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको एकीकरण, प्रवास कमिटीहरूको कार्यविभाजन तथा महानगर कमिटीहरूमा इन्चार्ज र सहइन्चार्ज तोक्ने काम बाँकी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*