राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ७ मा गर्ने आयोगको प्रस्ताव   •   राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत   •   सागमा गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी   •   हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउनुपर्ने कार्यदलको सुझाव   •   बैदेशिक रोजगारीको क्रममा थला परेका प्रभात वाम्बुलेलाई अनिस प्रतिष्ठानद्धारा १ लाख १००० आर्थिक सहयोग   •   'भ्वाइस अफ नेपाल सिजन-२' को उपाधि राम लिम्बुलाई

विमानस्थलबाट जफत साढे ६ हजार बोतल रक्सी लिलामीमा

49692

raत्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले यात्रुबाट जफत गरेका ६ हजार ८ सय १७ बोतल रक्सी एकैपटक लिलाम बिक्रि गर्ने भएको छ । यसै साता निकालिएको सूचनाअनुसार इच्छुक व्यक्ति वा संस्थाले दुई हप्ताभित्र आवेदन दिन सक्नेछन् ।

प्रचलित निजी गुन्टा, झिटी, भारीसम्बन्धी सूचनाअनसार एक यात्रुले एक पटकमा एक लिटरसम्मको एक बोतल रक्सी ल्याउन पाउँछन् । यात्रुले त्यो परिणामभन्दा माथिको रक्सी बोकेर आएमा भन्सारले जफत गर्छ । भन्सारले यसरी गत आर्थिक वर्ष र त्योभन्दा अगाडि जफत गरेको मदिरालाई एकैचोटि लिलाम गर्न लागिएको हो ।

यी रक्सी अन्तःशुल्कमा दर्ता भई नवीकरणसमेत भएका कम्पनी, फर्म वा व्यक्तिले किन्न पाउने गरी सर्त राखिएको छ । पूरै रक्सी बिक्रीको न्यूनतम मूल्य १ करोड ३१ लाख रुपैयाँ तोकिएको छ । तर, विभिन्न १४ वटा भागमा छुट्टाछुट्टै बिक्री गर्न सकिने छ ।
खरिद गर्न स्वीकृत भएको पार्टीले ७ दिनभित्र रक्सी नउठाएमा क्रमशः दोस्रो, तेस्रो पार्टीले उठाउन सक्ने प्रावधान तोकिएको छ । कार्यालयबाट जसको नाममा सिलबन्दी दरभाउपत्र खरिद भएको छ, सोही व्यक्ति, फर्म, कम्पनी वा संस्थाले मात्र दाखिला गर्न पाउनेछ । अर्को पार्टी आएमा दरभाउपत्र रद्द हुनेछ ।

कानूनअनुसार कुनै यात्रुले भन्सारमा घोषणा नगरी सामान लुकाइ छिपाइ ल्याउने वा लैजान प्रयत्न गरेमा भन्सारले त्यस्तो सामान जफत गरी काूननी कारवाही चलाउन सक्छ । विदेशबाट आएको व्यक्तिले आफूले ल्याएको सामान अरू व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गर्नसमेत पाउँदैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*