राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ७ मा गर्ने आयोगको प्रस्ताव   •   राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत   •   सागमा गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी   •   हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउनुपर्ने कार्यदलको सुझाव   •   बैदेशिक रोजगारीको क्रममा थला परेका प्रभात वाम्बुलेलाई अनिस प्रतिष्ठानद्धारा १ लाख १००० आर्थिक सहयोग   •   'भ्वाइस अफ नेपाल सिजन-२' को उपाधि राम लिम्बुलाई

नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

49717

2TGqdकाठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)सोलुखुम्बु जिल्लाअन्तर्गत माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ पार्टी कमिटीको सपथ ग्रहण, प्रशिक्षण तथा प्रथम बैठक सम्पन्न भएको छ । बुधबार पार्टी जिल्ला कमिटी अध्यक्ष मानबीर राईको प्रमुख आतिथ्यता तथा जिल्ला सचिव गोम्बु शेर्पा (कज्र्याङ)को विशेष आतिथ्यतामा कोफुमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमबीच वडा अध्यक्ष महेश राई, सचिव टम्बर राईलगायत २९ सदस्यीय वडा कमिटी सदस्यहरुले सपथ ग्रहण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष राईले देशको सम्बृद्धि र विकासका लागि नेकपाको विकल्प नरहेको बताउनुभयो । उहाँले स्थानीय तहमा देखिएको समस्याहरुका समाधानका लागि आन्तरिक रुपमा छलफल बहसलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला सचिव शेर्पाले प्रशिक्षणात्मक मन्तव्य राख्दै पार्टीको विधि र विधानलाई आत्मसाथ गरेर गाउँको दीर्घकालिन विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

QXHor WN9mDमाप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जनप्रतिनिधिहरुको तर्फबाट जनताको चाहानाअनुसार नै काम भइरहेको दाबी गर्नुभयो । उहाँले सकारात्मक कामलाई पनि गलत व्याख्या र प्रचारबाजी गरिरहेको भन्दै अब पार्टीपंक्तिमा समिक्षा गरेर योजना तथा कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा पार्टी प्रदेश निर्वाचन क्षेत्रीय कमिटी (ख)का सचिव शिशिर खालिङ,पार्टी माप्य दुधकोशी गाउँपालिका अध्यक्ष गौरब राई, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर, पार्टी जिल्ला कमिटी सदस्यहरु ध्नबहादुर राई, प्रकाश खालिङ, नारायणकाजी कार्की, रमेश राई, भक्त राई, वडा नम्बर पाँचका वडा अध्यक्ष निमराज तामाङलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

जिल्ला कमिटी र गाउँपालिका कमिटीले पूर्णता पाएको पाँच महिनापछि वडा नम्बर ५ बाटै पार्टीको वडास्तरीय कमिटीलाई पूर्णता दिने कार्यको सुरुवात गरिएको हो । निर्धारित कार्यक्रमअनुसार कात्तिक २८ गते वडा नम्बर ४, लोस्कुमा, २९ गते वडा नम्बर २, राप्छामा र वडा नम्बर १, जुभिङमा सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम हुनेछ । ewk1v EHzVR KkEUb jbIBYIMG_0047


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*