राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ७ मा गर्ने आयोगको प्रस्ताव   •   राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत   •   सागमा गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी   •   हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउनुपर्ने कार्यदलको सुझाव   •   बैदेशिक रोजगारीको क्रममा थला परेका प्रभात वाम्बुलेलाई अनिस प्रतिष्ठानद्धारा १ लाख १००० आर्थिक सहयोग   •   'भ्वाइस अफ नेपाल सिजन-२' को उपाधि राम लिम्बुलाई

माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश

49746

IMG_0172सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाका नेपाली कांगे्रसका स्थानीय यूवा नेता दिपक थापाले पार्टी परित्याग गरी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । विहिबार नेकपा सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ मा सम्पन्न पार्टी कमिटीको सपथ ग्रहण, प्रशिक्षण तथा प्रथम बैठक समारोहबीच उनले पार्टी प्रवेश गरेका हुन् ।

भलिबल खेलाडीसमेत रहेका थापालाई नेकपा जिल्ला अध्यक्ष मानबीर राई, जिल्ला सचिव गोम्बु शेर्पा (कज्र्याङ)ले पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा पार्टी जिल्ला कमिटि सदस्य तथा स्थानीय सरकार माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, पार्टी प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी (ख)का सचिव शिशिर खालिङ, पार्टी गाउँपालिका अध्यक्ष गौरब राई, सचिव धनबहादुर राई, माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य जुनिता मगर, वडा नम्बर ४ का अध्यक्ष डबलसिं राई, वडा नम्बर ३ का अध्यक्ष नारायणकाजी कार्की, वडा नम्बर ५ का अध्यक्ष निमराज तामाङm पार्टी जिल्ला कमिटी सदस्यहरु रमेश राई, भक्त राईलगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमबीच जिल्ला अध्यक्ष मानबीर राईले वडा नम्बर ४ पार्टी कमिटी अध्यक्ष राजेन्द्र राई, सचिव तोञ्जे राईलगायत २७ सदस्यीय नयाँ वडा कमिटीलाई सपथ ग्रहण गराए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टी र सरकारको समन्वयबाट सम्बृद्धि विकासको खाँकालाई सार्थक तुल्याउनुपर्नेमा जोड दिएका थिए ।

यसैबीच, लोस्कु, आइतबारेमा अवस्थित वडा पार्टी कार्यलयको उद्घाटनसमेत गरिएको छ । IMG_0193IMG_0177 IMG_0095 IMG_0207


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*