राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ७ मा गर्ने आयोगको प्रस्ताव   •   राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत   •   सागमा गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी   •   हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउनुपर्ने कार्यदलको सुझाव   •   बैदेशिक रोजगारीको क्रममा थला परेका प्रभात वाम्बुलेलाई अनिस प्रतिष्ठानद्धारा १ लाख १००० आर्थिक सहयोग   •   'भ्वाइस अफ नेपाल सिजन-२' को उपाधि राम लिम्बुलाई

बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार

49756

Bangladesh-president-1024x709पोखरा– बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा पुगेका छन् । उनले मोटरबोट चढेर पोखराको फेवातालमा जलविहार पनि गरेका छन् ।

जलविहार सकेर उनी फेवातालकिनारास्थित फिस्टेल लजमा पुगेका छन्। त्यहाँ केही समय आराम गरेर सेनाको हेलिकोप्टरमार्फत रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन्।

राष्ट्रपति हमिद काठमाडौँबाट सेनाको हेलिकप्टरमा पोखरा विमानस्थल आएका थिए । उक्त अवसरमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरेका थिए ।

उनी आजै काठमाडौं फर्कने छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राष्ट्रपति हमिद मंगलबार ४ दिने नेपाल भ्रमणमा आएका हुन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*