राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ७ मा गर्ने आयोगको प्रस्ताव   •   राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत   •   सागमा गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी   •   हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउनुपर्ने कार्यदलको सुझाव   •   बैदेशिक रोजगारीको क्रममा थला परेका प्रभात वाम्बुलेलाई अनिस प्रतिष्ठानद्धारा १ लाख १००० आर्थिक सहयोग   •   'भ्वाइस अफ नेपाल सिजन-२' को उपाधि राम लिम्बुलाई

माप्य–खुम्बु मितेरी पुलको शिलान्यास हुँदै, यसरी बन्दैछ पुल !

49951
  • प्रकाश खालिङ/शिखरपोष्ट

orlangghatfile picture

काठमाडौं, १२ मंसिर । माप्य दुधकोशी गाउँपालिकाको गौरबको आयोजना माप्य–खुम्बु मितेरी (ओर्लाङघाट) मोटरेबल पुलको भोली शिलान्यास हुँदैछ । गाउँपालिकाले दिएको जानकारीअनुसार सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकुमार राईले उक्त पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, जिल्लाका उच्च पदस्थ अधिकारीहरु, राजनीतिक दलका नेताहरु, सम्बन्धित सरोकारवाला तथा पत्रकारहरुको उपस्थिति रहने जनाइएको छ ।

मोटरेबल पुल बनेपछि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको यातायात सेवा सहज रुपमा सुचारु हुने भएकाले यसले राष्ट्रिय महत्व बोकेको छ । तथापी, चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटमा गाउँपालिकाले उक्त मोटरेबल पुल निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले खुम्बु पासाङल्हामु गाउँपालिकासँगको साझेदारीमा यो पुल निर्माण गर्न लागेको हो । ४८ मिटर लामो र ५० टन क्षमताको उक्त पुलको नाम नै माप्य–खुम्बु मितेरी पुल भनेर नामारण गरिएको छ ।

गाउँपालिकाबाट चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत उक्तपुलका लागि २ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

८ करोड ३४ लाख रुपैयाँको टेण्डर भएर निर्माण कार्य अघि बढाइएको उक्त पुल निर्माणका लागि संघीय सांसदमार्फत १ करोड, प्रदेश सरकारबाट २ करोड रुपैयाँ विनियोजन भएको छ भने बाँकी रकम माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाबाट ५०/५० प्रतिशत हिस्सा बजेटको व्यवस्था गर्ने सम्झौता भएको छ ।

पुल बनेपछि यस क्षेत्रको सम्बृद्धिको थप ढोका खुल्ने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई बताउनुहुन्छ । गाउँपालिका अध्यक्ष राईले यो पुल निर्माण गर्नका लागि ढुवानीको काम छिट्टै सुरु हुने शिखरपोष्टलाई जानकारी दिनुभयो ।


Subscribe to Comments RSS Feed in this post

One Response

  1. Solukhumbu ma ramro bikas hudai xa bestarai

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*