राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ७ मा गर्ने आयोगको प्रस्ताव   •   राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत   •   सागमा गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी   •   हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउनुपर्ने कार्यदलको सुझाव   •   बैदेशिक रोजगारीको क्रममा थला परेका प्रभात वाम्बुलेलाई अनिस प्रतिष्ठानद्धारा १ लाख १००० आर्थिक सहयोग   •   'भ्वाइस अफ नेपाल सिजन-२' को उपाधि राम लिम्बुलाई

ग्लोबल र जनतालाई मर्जर, मंसिर २० देखि एकीकृत कारोबार

49959

Photo_IGM9QbrCzDकाठमाडौं । ग्लोबल आईएमई र जनता बैंकलाई एक आपसमा मर्जरमा जान नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले अन्तिम स्विकृती प्रदान गरेको छ।

राष्ट्र बैंकबाट मर्जरमा जान अन्तिम स्विकृती पाएसँगै बैंकको संयुक्त मर्जर कमिटीले यहि मंसिर २० देखि एकीकृत कारोबार गर्नेगरि तयारी थालेको छ। संयुक्त मर्जर कमिटीका एक सदस्यले मंसिर २० गतेदेखि एकीकृत कारोबार गर्नेगरि कुराकानी अगाडि बढेको मेरोलगानीलाई जानकारी दिए।

दुई बैंकबीच मर्जरका लागि असार २० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मंसिर २ गते दुबै बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेसँगै उनीहरु एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक गएका थिए ।

मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन्। बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन्।

एकीकृत बैंकको चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ। यो चुक्ता पूँजीको आधारमा नेपालकै सबैभन्दा ठूलो हो। गत आवको मुनाफाबाट ग्लोबलले २५ र जनताले १२ प्रतिशत लाभांश वितरण गरेकोमा ग्लोबलले १२।७५ र जनताले ६ प्रतिशत बोनस वितरण गरेर पूँजी बढाएका थिए।

एकीकृत ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब र करिब ३०० शाखा कार्यलय र २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ।

यसैगरि बैंकले ३ हजार २५० भन्दा बढी कर्मचारीहरुबाट करिब २० लाख संख्यामा रहेको ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नेछ।

merolagani


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*