मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

सगरमाथा दिवसमा ‘हिमालय ट्राभल मार्ट’

5334

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले आगामी वर्ष मे २९ मा सगरमाथा दिवस पारेर ट्राभल मार्ट आयोजना गर्ने भएको छ । भुकम्पबाट ग्रसित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्देश्यका साथ ‘हिमालय ट्राभल मार्ट’ आयोजना गर्न लागिएको पाटाका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए ।

Pata-Travel-Mart-2नेपाल सरकार र पाटा इन्टरनेशनलसँग सहकार्य गरेर हिमालय ट्राभल मार्ट आयोजना गर्न लागेको पनि पाण्डेले जानकारी दिए । पाटाले तीन वर्ष अगाडिदेखि ट्राभल मार्ट आयोजना गर्ने प्रयास गरिरहेको थियो ।

हिमालय ट्राभल मार्टमा नेपाल र हिमाली क्षेत्रप्रति चासो राख्ने विश्वभरका ख्यातिप्राप्त टुर अपरेटर्सहरु सहभागी गराउने योजना पाटाको छ । मार्टलाई ‘बिजनेश टु बिजनेश’ कार्यक्रमका रुपमा अगाडि सारिएको छ ।

ट्राभल मार्टमा सार्क क्षेत्रका ट्राभल एजेन्टहरु सहभागी गराउने योजना छ । त्यस्तै, भौगोलिक रुपमा नेपालजस्तै गन्तव्यका बिक्रेतालाई पनि मार्टमा आमन्त्रण गर्ने अध्यक्ष पाण्डेले जानकारी दिए ।

‘ट्राभल मार्टका लागि भोली देखि नै तयारी सुरु गर्छौं’ अध्यक्ष पाण्डेले भने- ‘अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायर र सेलरहरु भित्राएर मार्टलाई भव्य रुपमा सम्पन्न गर्छौं ।’

यसअघि एडभेञ्चर्स ट्राभल मार्ट आयेजना गरिएको थियो । मार्टमा नेपाल सरकार, टुरिजम बोर्ड लगायत पर्यटनसँग सम्बन्धीत सबै संघ संस्थालाई सहभागी गराउने पाटाका सचिव लामाले बताए ।

मार्टले नेपाली पर्यटन क्षेत्रको बजारीकरणमा ठूलो सहयोग पुर्‍याउने अपेक्षा पाटाले लिएको छ । भूकम्पपछिको नेपालको यथार्थ स्थिती अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन पनि मार्टले सहयोग पुर्‍याउने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*