प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

पत्रकारितासँगै उद्घोषणमा जम्दै पत्रकार खालिङ

11020226_823134377761600_4285305986134996496_n
पर्यटन क्षेत्रबाट पत्रकारिता करिअर सुरु गरेका पत्रकार प्रकाश खालिङ पछिल्लो समय एकाएक उद्घोषण क्षेत्रमा चम्किन थालेका छन् । अचेल उनी पत्रकारिता सँगसँगै उद्घोषणमा पनि निक्कै व्यस्त भएका छन् । विशेषगरी औपचारिक कार्यक्रम सञ्चालनमा दख्खल राख्दछन् खालिङ । अहिले पर्यटन क्षेत्रका साथै विभिन्न क्षेत्रमा आयोजित कार्यक्रमहरुको उद्घोषकको रुपमा पत्रकार खालिङलाई देख्न सकिन्छ ।

खालिङले दर्जनौ राष्ट्रिय स्तरका कार्यक्रमहरु सञ्चालन गरिसकेका छन् । प्रष्ट र दम्दार स्वरका साथै हरेक विषय वस्तुलाई गहण र सुष्म ढंगले विशेषण गर्न सक्ने क्षमता भएको हुँदा उनको उद्घोषण सबैले मन पराउने गर्दछन् । कार्यक्रम उद्घोषणको लागि खालिङको माग दिनप्रतिदिन बढिरहेको छ । पोखरास्थित फेवातालको मध्यभागको पानीमाथि आयोजित स्टेज कार्यक्रम होस्, ठमेलको सडकमा आयोजना गरिएको ठमेल सडक महोत्सवमा होस् या विभिन्न पाँच तारे होटलहरुमा आयोजित कार्यक्रममा नै किन नहोस् खालिङको उद्घोषण दमदार रह्यो, जसले गर्दा पनि यस क्षेत्रमा चर्चा उचाई ह्वात्तै बढेर गयो ।

prakash khalingवि.सं. २०४७ साल भाद्र १० गतेको दिन बुवा लाकबीर खालिङ र आमा जसीमाया खालिङको कोखमा सोलुखुम्बुस्थित राप्छा भन्ने विकट गाउँमा जन्मेको उनले कक्षा ५ मा पढ्दाखेरी देखिनै कार्यक्रम सञ्चालन गर्न सुरु गरेका हुन् । सानो छँदाखेरी नै उनले गाउँमा विभिन्न क्लबहरु खोलेर कार्यक्रम आयोजना गर्ने र त्यसमा उद्घोषण आफैले गर्ने गरेका थिए । आफुसँग सानैदेखि उद्घोषण क्षमता भएपनि अवसर नपाएको हुनाले यसअघि आफुमा भएको उदघोषकीय प्रतिभा प्रष्फुटन हुन नसकेको उनी बताउँछन् । भन्छन् ‘अन्तर आत्मादेखिको इच्छाशक्तिअनुसार निरन्तर संघर्षका साथै ममा भएको क्षमताको प्रतिफल हो यो ।’

उनले सहारा इन्टरनेश्नलबाट उद्घोषण तालिमका साथै राष्ट्रियस्तरका विभिन्न तालिमहरु लिएका छन् । हाल उनी शिखर पोष्ट समुहका अध्यक्ष तथा गन्तव्य नेपाल पर्यटन पाक्षिकका कार्यकारी सम्पादक भएर काम गरिरहेका छन् । पत्रकार तथा उद्घोषणको अलावा उनी सानै उमेरमा विभिन्न संघसंस्थाको निर्णायक पदमासमेत पुगिसकेका छन् । उनी हाल राष्ट्रिय पर्यटन पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष, किरात राई पत्रकार संघका बरिष्ठ उपाध्यक्ष, सोलुखुम्बु–काठमाडौं पत्रकार मञ्चका अध्यक्ष छन् । त्यसका साथै उनी संसार भरका किरात खालिङहरुको छाता संगठन किरात खालिङ राई उत्थान संघको केन्द्रीय महासचिवसमेत हुन् ।

उनले यसअघि राष्ट्रिय दैनिकका साथै विभिन्न पत्रपत्रिका तथा अनलाईनहरुमा सफलतापूर्वक कार्य गरिसकेका छन् । हाल उनी शिखर पोष्टका अध्यक्ष तथा गन्तव्य नेपाल साप्ताहिकका कार्यकारी सम्पादक भएर काम गरिरहेका छन् । आफुले पाएको जस्तो सुकै जिम्मेवारीलाई सम्पन्न गर्न दृढता र इमान्दारिताका साथ लागि पर्ने पत्रकार खालिङले हालसम्म पूर्व पर्यटन मन्त्री पोष्टबहादुर बोगटी, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल, पूर्व मन्त्री गोपाल किराती, राष्ट्रिय गानका सर्जक व्याकुल माइलालगायतको हातबाट राष्ट्रिय पुरस्कार तथा सम्मानसमेत प्राप्त गरिसकेका छन् ।

11709522_879805152094522_1666150962701985788_n 3 9 11 (1) 1175032_510499109025130_553843886_n 10372216_744777705597268_9128376169099314922_n (1) 11042948_820515411356830_9092119008615619572_n 11390284_864621506946220_4467534502925256301_n (1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close